अपांगता भएका बलबहादुर श्रेष्ठलाई मानव कल्याण समाजद्वारा ह्वीलचियर सहयोग
कमलामाइ नगरपालिका–४ साङबालेका ४२ वर्षका बोल्न नसक्ने र छारे रोगबाट पीडित बलबहादुर श्रेष्ठलाई मानव कल्याण समाज ले सल्लाहकार कृष्ण प्रसाद ढकालको हातबाट ह्वीलचियर हस्तान्तरण गरी सहयोग गरेको छ । कात्तिक १०, सिन्धुलीमाडी । सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर सक्रिय मानव कल्याण समाज ले शनिबार अपांगता भएका नागरिकलाई ह्वीलचियर सहयोग गरेको छ। कनपा ४ साङबाले निवासी ४२ वर्षका बलबहादुर श्रेष्ठलाई संस्थाले एक थान ह्वीलचियर हस्तान्तरण गरेको हो । बलबहादुर श्रेष्ठ बोल्न नसक्ने र लामो समयदेखि छारे रोगबाट पीडित छन् । केही दिनअघि अक्षयकोष वृद्धिको अभियानअन्तर्गत देउसी खेल्दै हिँडेको समाजको टोलीले उहाँलाई भेट गरी जीवनस्थितिबारे जानकारी लिएको थियो । त्यतिबेलै संस्थाले सहयोगको वचन…