Manav Kalyan Samaj, Sindhuli

admin

4 Posts
मानव कल्याण समाज सिन्धुलीद्वारा कुण्ड गाउँका १०० विपन्नलाई कपडा तथा जुत्ता वितरण

मानव कल्याण समाज सिन्धुलीद्वारा कुण्ड गाउँका १०० विपन्नलाई कपडा तथा जुत्ता वितरण

सिन्धुली । मानव कल्याण समाज सिन्धुलीले आज मिति २०८२/९/२८ गते कमलामाई नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने कुण्ड गाउँमा गरिबीको रेखामुनि रहेका १०० जना स्थानीयलाई कपडा तथा जुत्ता वितरण गरेको छ। वितरण कार्यक्रम कुण्ड वन कार्यालयको भवनबाट सम्पन्न गरिएको हो। वितरण गरिएका सामग्री सिन्धुली माढी बजारका विभिन्न कपडा तथा जुत्ता व्यवसायीहरूबाट निःशुल्क रूपमा संकलन गरिएको समाजले जनाएको छ। स्थानीय बजारबाट संकलित कपडा तथा जुत्ता गाउँसम्म पुर्‍याउन दुई वटा ट्याम्पु र एउटा कार प्रयोग गरिएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार प्रा. डा. मुकुन्द गजुरेल, अध्यक्ष गोविन्द विक्रम थापा, सह–सचिव रेजिना श्रेष्ठ, सदस्यहरू गणेश बस्नेत, कमला राई, कमला थापा, आजीवन सदस्यहरू सुमित्रा थापा,…
Read More
अपांगता भएका बलबहादुर श्रेष्ठलाई मानव कल्याण समाजद्वारा ह्वीलचियर सहयोग

अपांगता भएका बलबहादुर श्रेष्ठलाई मानव कल्याण समाजद्वारा ह्वीलचियर सहयोग

कमलामाइ नगरपालिका–४ साङबालेका ४२ वर्षका बोल्न नसक्ने र छारे रोगबाट पीडित बलबहादुर श्रेष्ठलाई मानव कल्याण समाज ले सल्लाहकार कृष्ण प्रसाद ढकालको हातबाट ह्वीलचियर हस्तान्तरण गरी सहयोग गरेको छ । कात्तिक १०, सिन्धुलीमाडी । सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर सक्रिय मानव कल्याण समाज ले शनिबार अपांगता भएका नागरिकलाई ह्वीलचियर सहयोग गरेको छ। कनपा ४ साङबाले निवासी ४२ वर्षका बलबहादुर श्रेष्ठलाई संस्थाले एक थान ह्वीलचियर हस्तान्तरण गरेको हो । बलबहादुर श्रेष्ठ बोल्न नसक्ने र लामो समयदेखि छारे रोगबाट पीडित छन् । केही दिनअघि अक्षयकोष वृद्धिको अभियानअन्तर्गत देउसी खेल्दै हिँडेको समाजको टोलीले उहाँलाई भेट गरी जीवनस्थितिबारे जानकारी लिएको थियो । त्यतिबेलै संस्थाले सहयोगको वचन…
Read More
सिन्धुलीमा सात अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण

सिन्धुलीमा सात अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण

सिन्धुली, २०८२ भदौ १९ । मानव कल्याण समाज, सिन्धुलीले नेपाल निजामति कर्मचारी संगठनसँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने सात जना अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरेको छ । आज सम्पन्न कार्यक्रममा दुई थान मेडिकल ह्वीलचेयर र पाँच थान सर्जिकल ह्वीलचेयर प्रदान गरिएको समाजले जनाएको छ । संस्थाका अध्यक्ष गोविन्द विक्रम थापा, सदस्यद्वय कमला राई र गणेश बस्नेतको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि मेयर उपेन्द्र पोख्रेल र प्रमुख जिल्ला अधिकारीको विशेष सहभागिता रहेको थियो । मानवकल्याण समाज सिन्धुलीद्वारा शारिरिक असक्तता भएका ब्यक्तीहरूलाइ नेपाल निजामति कर्मचारी संगठनसँगको सहकार्यमा ह्वीलचियर वितरण यस कार्यक्रममा गरिएको सहयोगका कारण शारीरिक असुविधा भोग्दै आएका नागरिकहरुको…
Read More

सडकमा आश्रित बालबालिकाको उद्धार: मानव कल्याण समाज सिन्धुलीको ऐतिहासिक मानवीय पहल

सिन्धुली, असार ९ । समाजसेवामा समर्पित मानव कल्याण समाज सिन्धुलीले पहिलोपटक सडकमा आश्रित दुई जना बालबालिकालाई उद्धार गरी सुरक्षित जीवन, शिक्षा र पालनपोषणको सुनिश्चितता प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यले संस्थाको मानवीय सेवाप्रतिको प्रतिबद्धता प्रस्ट पारेको छ । सिन्धुली बसपार्क क्षेत्रमा सुतिरहेको अवस्थामा भेटिएका ती दुई बालबालिकालाई आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सक्रिय सहयोग र समाजका कार्यसमिति सदस्य गणेश बस्नेतको अगुवाइमा उद्धार गरी श्री ऋतम्भरा ज्ञान स्वरूप विद्यालयमा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक विनोद थापाको सहकार्यमा ती बालबालिकालाई निःशुल्क आवास, भोजन तथा औपचारिक शिक्षासहित संरक्षणको व्यवस्था गरिएको छ । अब ती बालबालिकाले सडकको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.