
सिन्धुलीमा सात अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण
सिन्धुली, २०८२ भदौ १९ । मानव कल्याण समाज, सिन्धुलीले नेपाल निजामति कर्मचारी संगठनसँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने सात जना अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरेको छ । आज सम्पन्न कार्यक्रममा दुई थान मेडिकल ह्वीलचेयर र पाँच थान सर्जिकल ह्वीलचेयर प्रदान गरिएको समाजले जनाएको छ । संस्थाका अध्यक्ष गोविन्द विक्रम थापा, सदस्यद्वय कमला राई र गणेश बस्नेतको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि मेयर उपेन्द्र पोख्रेल र प्रमुख जिल्ला अधिकारीको विशेष सहभागिता रहेको थियो । मानवकल्याण समाज सिन्धुलीद्वारा शारिरिक असक्तता भएका ब्यक्तीहरूलाइ नेपाल निजामति कर्मचारी संगठनसँगको सहकार्यमा ह्वीलचियर वितरण यस कार्यक्रममा गरिएको सहयोगका कारण शारीरिक असुविधा भोग्दै आएका नागरिकहरुको…