Manav Kalyan Samaj, Sindhuli

सिन्धुलीमा सात अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण

सिन्धुली, २०८२ भदौ १९ । मानव कल्याण समाज, सिन्धुलीले नेपाल निजामति कर्मचारी संगठनसँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने सात जना अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरेको छ । आज सम्पन्न कार्यक्रममा दुई थान मेडिकल ह्वीलचेयर र पाँच थान सर्जिकल ह्वीलचेयर प्रदान गरिएको समाजले जनाएको छ । संस्थाका अध्यक्ष गोविन्द विक्रम थापा, सदस्यद्वय कमला राई र गणेश बस्नेतको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि मेयर उपेन्द्र पोख्रेल र प्रमुख जिल्ला अधिकारीको विशेष सहभागिता रहेको थियो ।

मानवकल्याण समाज सिन्धुलीद्वारा शारिरिक असक्तता भएका ब्यक्तीहरूलाइ नेपाल निजामति कर्मचारी संगठनसँगको सहकार्यमा ह्वीलचियर वितरण

यस कार्यक्रममा गरिएको सहयोगका कारण शारीरिक असुविधा भोग्दै आएका नागरिकहरुको दैनिकी केही सहज हुने विश्वास गरिएको छ । ह्वीलचेयर प्राप्त गर्नेहरुमध्ये कनपा–८ पाथिपरानका सोम नारायण श्रेष्ठ र इन्द्र बहादुर श्रेष्ठ, कनपा–६ दुई नं. बजारका मोहन मगर, दूधौली–५ सिर्थैलीका बद्री नारायण अधिकारी र अनिता कुम्बर, सुनकोसी–६ खाल्टेका शंकर सुनाम तथा तिनपाटन–२ की याम कुमारी पोख्रेल रहेका छन् ।

समाजका प्रतिनिधिहरूले यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिँदै जिल्लाका विपन्न तथा अशक्त नागरिकको जीवनमा सहजता ल्याउने लक्ष्य अघि बढाइएको बताएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.