सिन्धुली । मानव कल्याण समाज सिन्धुलीले आज मिति २०८२/९/२८ गते कमलामाई नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने कुण्ड गाउँमा गरिबीको रेखामुनि रहेका १०० जना स्थानीयलाई कपडा तथा जुत्ता वितरण गरेको छ। वितरण कार्यक्रम कुण्ड वन कार्यालयको भवनबाट सम्पन्न गरिएको हो।
वितरण गरिएका सामग्री सिन्धुली माढी बजारका विभिन्न कपडा तथा जुत्ता व्यवसायीहरूबाट निःशुल्क रूपमा संकलन गरिएको समाजले जनाएको छ। स्थानीय बजारबाट संकलित कपडा तथा जुत्ता गाउँसम्म पुर्याउन दुई वटा ट्याम्पु र एउटा कार प्रयोग गरिएको थियो।
कार्यक्रममा संस्थाका सल्लाहकार प्रा. डा. मुकुन्द गजुरेल, अध्यक्ष गोविन्द विक्रम थापा, सह–सचिव रेजिना श्रेष्ठ, सदस्यहरू गणेश बस्नेत, कमला राई, कमला थापा, आजीवन सदस्यहरू सुमित्रा थापा, नवराज खड्का, गीता श्रेष्ठ, दुर्गा श्रेष्ठ तथा साधारण सदस्यहरू ज्योति श्रेष्ठ, आईतवीर माझी र उमेश नेपालीको उपस्थिति रहेको थियो।
कपडा तथा जुत्ताको ढुवानी खर्च संस्थाका अध्यक्ष गोविन्द विक्रम थापा र आजीवन सदस्य नवराज खड्काले व्यक्तिगत रूपमा व्यहोर्नु भएको मानव कल्याण समाजले जानकारी दिएको छ।