Manav Kalyan Samaj, Sindhuli

अपांगता भएका बलबहादुर श्रेष्ठलाई मानव कल्याण समाजद्वारा ह्वीलचियर सहयोग

मानव कल्याण समाजद्वारा अपांगता भएका बलबहादुर श्रेष्ठलाई ह्वीलचियर सहयोग

कात्तिक १०, सिन्धुलीमाडी । सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर सक्रिय मानव कल्याण समाज ले शनिबार अपांगता भएका नागरिकलाई ह्वीलचियर सहयोग गरेको छ। कनपा ४ साङबाले निवासी ४२ वर्षका बलबहादुर श्रेष्ठलाई संस्थाले एक थान ह्वीलचियर हस्तान्तरण गरेको हो ।

बलबहादुर श्रेष्ठ बोल्न नसक्ने र लामो समयदेखि छारे रोगबाट पीडित छन् । केही दिनअघि अक्षयकोष वृद्धिको अभियानअन्तर्गत देउसी खेल्दै हिँडेको समाजको टोलीले उहाँलाई भेट गरी जीवनस्थितिबारे जानकारी लिएको थियो । त्यतिबेलै संस्थाले सहयोगको वचन दिएको थियो, जुन आज पूरा गरिएको हो ।

सो अवसरमा संस्थाका सल्लाहकार श्री कृष्ण प्रसाद ढकालले बलबहादुरका ७८ वर्षका पिता श्री कृष्ण बहादुर श्रेष्ठलाई ह्वीलचियर हस्तान्तरण गर्दै शुभकामना व्यक्त गर्नुभयाे । कार्यक्रममा समाजका अध्यक्ष श्री गोबिन्द विक्रम थापा, सदस्य गणेश बस्नेत, सन्तोष ढकाल, नरेन्द्र श्रेष्ठ, धनकुमारी श्रेष्ठ लगायतका सदस्यहरूको उपस्थिति रहेकाे थियो ।

अध्यक्ष थापाले कार्यक्रमका क्रममा संस्थाको उद्देश्य सेवा र मानवताको भावनासँग जोडिएको भन्दै भन्नुभयाे ,

“हामी ‘सेवाको सिलसिला, मानवीयताको सम्मान’ भन्ने मूलमन्त्रका साथ अघि बढिरहेका छौं । विपन्न, अशक्त र असहाय नागरिकहरूको सहायतामा हाम्रो साथ भविष्यमा पनि निरन्तर रहनेछ ।”

स्थानीय बासिन्दाहरूले समाजको यो कदमलाई उच्च प्रशंसा गर्दै यस्तो कार्यले समुदायमा सकारात्मक सन्देश र प्रेरणा फैलाएको प्रतिक्रिया दिएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.